विप्लव माओवादी कार्यकर्ताद्धारा प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण

सहयात्रा टिभी

डोल्पा । बैशाख–३१,  आईतबार नेपाल बन्दको दिन पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन ।

आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर जिल्ला सदस्य सागर शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठुलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समुहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताएका छन ।

आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ । आक्रमणकारीलाई पक्राउ गर्नका लागि ३५ जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिएका छन ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्