केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डडेल्धुराका किसान अर्गानिक तरकारी खेतीतर्फ उत्प्रेरित

सहयात्रा टिभी

डडेल्धुरा । बैशाख–३१, डडेल्धुराका किसान अर्गानिक तरकारी खेती उत्पादनमा लागेका छन् । विषदियुक्त तरकारीले स्वास्थ्यमा हुने हानिको बारेमा स्वस्थ्यकर्मीले बताएपछि कृषकहरु विषदि छाडेर अर्गानिक तरकारी उत्पादनमा लागेका हुन् ।

तरकारी बारीमा गाईगोरुको मलमुत्र र स्याउला तथा सोत्तर कुहाएर बनाइएको मल हाल्ने गरेको अमरगढी ७ पोखराका यज्ञबहादुर ऐरीले बताए । गाईगोरुको मलमुत्र र सोत्तर कुहाएर बनाएको मलबाट नै मौसमी र बेमौसमी उत्पादन गर्न थालेको किसानहरुको भनाइ छ ।

तरकारीमा लाग्ने किरा तथा रोगबाट तरकारीलाई बचाउन पनि गाईगोरुको मुत्र निमपातको रस जस्ता अर्गानिक औषधी प्रयोग गर्न थालेका छन् । विषदी प्रयोग नगरि अर्गानिक तरकारी उत्पादन गर्दा उत्पादन पनि राम्रो हुने र माटोको उर्वराशक्ति पनि बचाइराख्न सक्ने ज्ञान पाएको बगरकोटका अगुवा कृषक नवराज जैसीले बताए।

अर्गानिक तरकारीको बजार माग बढ्दै गएको बेला ग्राहकहरुको माग र स्वास्थ्यलाई ध्यानमा राखि किसानहरु अर्गानिक तरकारी उत्पादन तर्फ लागेका हुन् । घरगोठमा नै कम्पोष्ट मल बनाएर उत्पादन गर्न सकिने अर्गानिक तरकारीका लागी उत्पादनको खर्च पनि कम हुने र बजार भाउ पनि राम्रो पाइने कृषकहरुको भनाइ छ ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्