राष्ट्रिय झन्डा फरक राखिएको भन्दै सामान्य प्रशासन मन्त्रालयले मुख्यसचिव सहित चार कर्मचारीलाई स्पष्टिकरण
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–३१,भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको क्रममा आउदा शनिबार जानकी मन्दिरमा राष्ट्रिय झन्डाको आकार प्रकार फरक राखिएको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार चार जनालाई स्पष्टिकरण सोधेका छन।
मन्त्रालयले २ नम्बर प्रदेशका निमित्त मुख्यसचिव हरि फुयाँल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले जानकारी दिएका छन ।