केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाजा हिंसा : ५८ जनाको मृत्यु २७०० घाइते

सहयात्रा टिभी

एजेन्सी । जेठ–१,प्यालेस्टानमा फैलिएको गाजा हिंसाबाट कम्तिमा ५८ जनाको मृत्यु भएको छ भने २७०० घाइते भएका छन् । गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएपछि उक्त हिंसा भएको हो ।

उक्त घटनामा इजरेली फौजले १२ वर्षीय बालकसहित कम्तीमा ५८ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। अमेरिकाले आफ्नो दुतावास सारेपछि उक्त हिंसा फैलिएको हो । दुतावास खोल्ने कुरामा प्यालेस्टायन पनि असहमत भने छैन।

प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ । जेरुसेलमलाई इजराइलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यतालाई प्यालेस्टिनीहरुले विरोध गर्दै आएका छन् ।गत ६ हप्तादेखि भएका व्यापक प्रदर्शनहरुको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्