केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वफुटबलर मणि शाहको निधन

सहयात्रा टिभी

काठमाण्डौं । पूर्वफुटबलर मणि शाहको सोमबार निधन भएको छ । अस्वस्थताका कारण उपचार गराइरहेका मणिको सोमबार ५ बजेर ४२ मिनेटमा निधन भएको हो ।

मणि लामो समयदेखि कलेजोको रोगबाट पिडित थिए । एक्कासी ज्वरो आएपछि मणिलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको हुनसक्ने अस्पतालले जानकारी दिएको छ ।

शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । बिहान नौ बजेदेखि ११ बजेसम्म शाहको पार्थीव शरीरलाई अन्तिम श्रदाञ्जलीका लागि दशरथ रंगशालामा राखिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यसपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने एन्फाले जनाएको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्