केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ मोडलका अत्याधुनिक ट्वाइलेट अव सार्वजनिक स्थानमा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१ काठमाण्डौँ महानगरपालिकाले विभिन्न स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ । राजधानीमा अझै पनि विभिन्न स्थानहरुमा सार्वजनिक शौंचलय नभएको कारण महानगरपालिकाले अत्याधुनिक शौचालय बनाउने भएको हो ।

महानगरपालिकाले आफ्नै खर्चमा ६ स्थानमा शौचालयको निर्माण गर्न लागेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ ।

चिनियाँ मोडलका अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने काठमाण्डौँ महानगरको योजना छ । सानो ठाउँमा नै राख्न सकिने भएकाले यो ट्वाइलेट महानगरपालिकाका लागि समेत उपयुक्त देखिने उनले बताए ।

यस्तो शौचालय सहजै एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण गर्न पनि सकिने भएकाले महानगरका लागि उचित हुने काफ्ले बताएका छन ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्