केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्यस्तो गाउँ, जहाँ ४०० वर्षदेखि महिलाले बच्चा जन्माउन पाएका छैनन्

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१, संसारमा एउटा त्यस्तो गाउँ पनि छ जुन गाउँमा ४०० वर्षदेखि महिलाले बच्चा जन्माउन पाएका छैनन् । सुन्दा अचम्म लाग्ने यो वास्तविक कथा भारतको मध्यप्रदेशस्थित राजगढ जिल्लामा पर्ने सांका श्यामजी नामक गाउँको हो ।

यस गाउँमा भगवानको श्राप भएकाले गाउँमा बच्चा जन्माउन नसक्ने गाउँलेहरुको मान्यता रहेको छ ।  कुनै पनि महिलाले गाउँमा बच्चा नजन्माएर बच्चा जन्माउनका लागी गाउँको सिमाना बाहिर जाने गरेका छन् । गाउँ बाहिरै सम्पूर्ण संस्कार पुरा गरेर मात्र आमा र बच्चालाई गाउँमा ल्याउने चलन रहेको छ ।

गाउँमा भगवानको श्राप परेकाले कुनै पनि महिलाले गाउँमा बच्चा जन्माएमा बच्चा अपाङ्ग जन्मने अथवा आमा र बच्चा दुवैको ज्यान जानसक्ने गाउँलेहरुको विश्वार रहेको छ । त्यसैले ४०० वर्ष देखि यस गाउँका कुनै पनि महिलाले गाउँमा बच्चा जन्माएका छैनन् ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्