केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

सहयात्रा टिभी

उदयपुर । जेठ–१, उदयपुरमा जारी पाँचांै रमपम गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवारको तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ ११ लाई ४ का बिरुद्द १ गोलले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको हो ।

थ्रीस्टारको जितमा अजय मार्टिनले दुई गोल गरे भने अनन्त तामाङ र रूपेश केसीले एक/एक गोल गरे। खेलमा २ गोल गर्ने थ्रिस्टारका अजय मार्टिन म्यान अफ द म्याच घोषित भए ।उनले पुरुस्कार स्वरुप ७००० रकम प्राप्त गरे। मंगलबारको खेल दमक गोल्डकप विजेता विभागीय टोली नेपाल पुलिस र सुनसरी–११ बीच हुनेछ। यस गोल्डकपक विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्