केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाइलटलाई आत्महत्या गर्न मन लागेपछि आकाशमै पड्काए जहाज

सहयात्रा टिभी

एजेन्सी । जेठ–१, चार वर्ष अगाडि हराएको एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको जहाज पाइलट आँफैले जानी जानी पड्काएको रहस्य खुलेको छ । आत्महत्या गर्ने उद्धेश्यले पाइलट अहमद शाहले राडार बन्द गरि विमान बेपत्ता बनाएको रहस्य खुलेको हो ।

उनले आफु सहित बिमानमा रहेका २३९ जनाको पनि ज्यान लिएका छन् । शाहले राडारले पत्ता नलगाओस् र विमान कुनै दुर्गम स्थानमा दुर्घटना भएको देखाउनका लागि धेरै पटक विभिन्न प्रकारको गतिहरुको प्रयोग गरेका थिए । साथै सैनिक राडारले समेत थाहा नपाओस् भनेर उनले थाइल्याण्ड र मलेसियाको सीमामा धेरै पटक विभिन्न दिशामा उडाएका थिए ।

उनले अन्तिम बिदाईका लागि आफ्नो घरमाथिबाट पनि विमानलाई मोडेका थिए । विमान चालक शाहले आत्महत्या गर्न चाहेको र विमान पत्ता नलागोस भनि केहि समय अगाडि नै राडार बन्द गरि विमानलाई दुर्गम स्थानमा लगी बेपत्ता गरेको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्