केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

सहयात्रा टिभी

एजेन्सी । जेठ–२, इन्डियन प्रिमियर लिगमा नाइटराइडर्स चेन्नाई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै, फाफ डुप्लिसिसले २७ र अम्बाती राइडुले २१ रनको योगदान गरे । बलिङतर्फ पिउस चाउला र सुनिल नारेनले दुई–दुई विकेट लिए ।

२० रन मात्र खर्चेका सुनिल प्लेयर अफ दि म्याच भए । जितपछि कोलकाताले नौ खेलबाट १० अंक बनाएको छ भने  हारसँगै चेन्नाइको टिम ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्