केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हरार्इरहेको मकालु एयरलाइन्सको जहाज हुम्लामा दुर्घटनाग्रस्त

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२,आज विहान देखि सम्पर्क विहिन भएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन ।

चालक दलका एक सदस्यको मृत्यु भएको हेलिकोप्टरबाट देखिएको छ भने अर्का सदस्यको  खोजी कार्य भइरहेको जनाइएको छ । नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई सहचालक आदित्य नेपाली रहेको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनको जहाज सम्पर्क विहिन भएको थियो।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्