केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाद्धारा दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द

सहयात्रा टिभी

एजेन्सी । जेठ–२, उत्तर कोरिया र दक्षिण कोरियाविच बुधबार हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्ट भइ अत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच हालै दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो । वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणस्थल बन्द गरेको घोषणा गरिसकेको छ ।

सन् २०१८ लागेसँगै दुई कोरिया तथा उत्तर कोरिया–अमेरिका सम्बन्धमा सुधारका संकेतहरु देखिएका थिए। तर फेरि उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता रद्द गरेपछि समस्या बढ्न सक्ने सम्भावना रहेको जानकारी अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन् ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्