केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा फ्लाइ ओभर खस्दा १८ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । जेठ–२, भारतको आन्द्र प्रदेशको वाराणसीमा मंगलबार फ्लाइ ओभर खस्दा १८ जनाको मृत्यु भएको छ । निर्माणाधीन अवस्थामा रहेको आकाशे पुल खस्दा गाडीहरु किचिएर १८ जनाको मृत्यु भएको हो ।

आकाशे पुलमाथि राखिएका स्याबहरु जोड्ने काम भइरहेको थियो तर बाटोमा गाडी हिड्न भने रोक लगाइएको थिएन । आकाशे पुलको जुन भाग खसेको छ त्यो भागको काम भने तिन महिना अगाडि नै सम्पन्न भइसकेको थियो ।

उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । घटना भएको ४८ घण्टा भित्रमा घटनाको जाँचबुझ गरी दोषीलाई कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिइसकेको छ ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्