केपी ओली प्रचण्ड माधव नेपाल एमाले


“नेपाली शेन वाँर्न” नामले चिनिए सन्दीप लामिछाने

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२, दील्ली डेयरडेविल्स प्ले अफ बाट बाहिरी सकेको छ । यस्तो अवस्थामा अब दील्लीले बाकि म्याचमा आफ्नो सम्मान बचाउन मात्र लड्नेछ ।१२ मे मा भएको खेलमा दील्ली को फिचोज शाह कोटलामा रोयल च्यालेंजर्स बैंगलोरको विपक्ष दील्ली डेयरडेविल्स विराटको टिमलाई टक्कर दिन निक्लेका थिए । दील्लीले यस सीजनमा सबैभन्दा बढी प्लेइंग – ११ मा परिवर्तन गर्ने टीम हो । तर पनि सबैभन्दा कम म्याचमा जीत हासिल गर्न सक्यो ।

दील्लीले यस आइपीएल २०१८ को ४५ औ म्याचमा  १७ वर्षिय युवा खेलाडीलाई अन्तिममा आएर मौका दियो । पहिलो मौका पाएका खेलाडी थिए भारतका अभिषेक शर्मा र दोस्रो खेलाडी थिए “नेपाली शेन वाँर्न” को नामबाट चर्चीत सन्दीप लामिछाने । सन्दीपलाई अहीले दील्लीमा नेपाली “शेन वाँर्न” भनेर नाम दिन थालेका छन् । प्लेइंग इलावेनमा आएलगत्तै सन्दीपले आइपीएलमा इतिहासनै रचेका छन् ।

सन्दीप नेपालको यस्तो खेलाडी बने जसले पहिलो पटक आइपीएलमा म्याच खेल्न पाए । उनले ४ ओभरमा जम्मा २५ रन खर्च गर्दै एक विकेट लिएका थिए ।

दील्लीले पछील्लो समय केही यस्ता खेलाडीहरुको प्रदशर्न गर्यो, जसका कारण सिनियर्स खेलाडी पनि हैरान भए । जसमा संन्दीप लामिछाने, ऋषभ पंत, आवेश खान, पृथ्वी शाँ, अभिषेक शर्मा जस्ता होनहार क्रिकेट खेलाडी परेका छन् ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्