केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डडेल्धुराका बालबालिका कापी कलम जोहो गर्न काफल बेच्दै

सहयात्रा टिभी

डडेल्धुरा । जेठ–२, डडेल्धुरा लगाएत पहाडी जिल्लामा महिला तथा बालबालिकाहरु काफल बेच्न थालेका छन । न्युन आयस्रोत भएका तथा गरीब  परिवारका महिला तथा बालबालिकाहरुले यो समयमा काफल बेचेर आम्दानी गर्न थालेका हुन।

उनीहरुले अहिले मौसम अनुसारको व्यापार गरेर पैसा कमाई रहेका छन । डडेल्धुराको तुफानडाँडामा काफलको छाप्रो बोकेर काफल बेचीरहेकी हर्तकाकी धना सार्कीले सिजनमा काफल बेचेरै घरको नुन मसला तथा साबुन किन्न पुग्ने बताइन ।

अधिकाशमा आर्थिक आवस्था कमजोर भएका बालबालीकाहरुले आफ्नो पढाइ खर्चको लागि मौसमी फल बिक्री गरेर पैसा जोगाउने गर्दछन । काफल बिक्री गरेर दैनिक आठ सय देखि एक हजार सम्म आम्दानी भएको मालमका १० वर्षिय राम दियालले बताएका छन ।

खडेरी तथा असिनापानीले बालीको उत्पादन घटाएपछि काफल बेचेरै वर्षदिन खान पुग्ने अन्नसमेत खरिद गर्ने गरेको मौसमी व्यापार गर्दै आएका महिलाहरुले बताएका छन ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्