=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


इटालीको संसदमा कुटाकुट : कारण रोनाल्डो

सहयात्रा टिभी

एजेन्सी । जेठ–२, रोनाल्डोका कारण केहि दिन अघि इटालीको संसदमा हात हालाहाल भएको छ ।रोनाल्डोले ३२ लिग खेलमा २५ गोल गरे जुन लिग जित्न भने काफि थिएन ।इन्टरको टोलीमा राम्रा राम्रा खेलाडी समावेश भएता पनि युभेन्टसले दुई खेल मात्र हारेपछि पाँच अंकले लिग माथि कब्जा जमायो । सिजन सकिन चार खेलमात्र बाँकि छँदा दुई टोली विचको दोस्रो भिडन्त निकै विवादित बन्यो । उक्त विवादको केन्द्रविन्दुमा रोनाल्डो थिए ।

इन्टर खेलमा जानु अघि युभेन्टस भन्दा एक अंकले पछि थियो । खेल गोलरहित बराबरीस्थितिमा रहेको बेला युभेन्टसका खेलाडि मार्क लुलीयानोले डि एरियामा रोनाल्डोमाथि फल हाने तर रेफ्रीले भने त्यसलाई फल दिएनन् । अन्त्यमा युभेन्टसले १–० ले जित आफ्नो पक्षमा बनायो । खेल सकिए पनि रोनाल्डो र लुलीयानो विचको विवाद भने सकिएन, फलस्वरुप उनीहरुको विवादलाई लिएर संसदमा समेत कुटाकुट हुन पग्यो ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्