केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोनाले जित्यो मण्डेला शताब्दी कप

सहयात्रा टिभी

 

एजेन्सी । दक्षिण अफ्रिकामा भएको मण्डेला शताब्दी (सेन्चुरी) कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । दक्षिण अफ्रिकामा सम्पन्न खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले दक्षिण अफ्रिकी च्याम्पियन मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए। आन्द्रे गोमेजले ६६ औं मिनेटमा बार्सिलोनालाई तेस्रो गोल गरे र ७६ औं मिनेटमा सुबुसिसो भिलाकाजीले नतिजा ३–१ बनाएपछि मेसी मैदान प्रवेश गरेका थिए। उनले गोल भने गर्न सकेनन्।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्