केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मृत्यु दन्डका डरलाग्दा तरिकाहरु

सहयात्रा टिभी

एजेन्सी । जेठ–३, विभिन्न देशहरुमा अपराधिलाई दिने सजाय फरक फरक हुन्छ । कतिपय देशहरुमा जतिसुकै ठूलो गल्ती गरेपनि मृत्यु दण्डको सजाय तोकिएको हुँदैन भने कतिपय देशहरुमा सानो सानो गल्तीको सजाय पनि मृत्यु दण्ड तोकिएको हुन्छ । देश अनुसार मृत्यु दण्ड दिने तरिका समेत फरक रहेको हुन्छ । विभिन्न देशमा, विभिन्न समयमा मृत्युदण्डका डरलाग्दा तरिकाहरु यसप्रकार छन् ।

१) शिर छेदन गर्ने – साउदी अरबमा मृत्यु दण्ड पाएका व्यक्तिहरुलाई शिर छेदन गरि मृत्यु दण्ड दिने चलन रहेको छ । साउदी अरबमा हत्या, बलात्कारको दोषीलाई शिर काटेर सजाय दिइन्छ । टाउको काटेर मृत्यु दण्ड दिने चलन बेलायतमा समेत रहेको छ । मृत्यु दण्डको सजाय सुनाइएकाहरुलाई बेलायतमा पनि टाउको काटेर मृत्यु दण्ड दिइन्छ ।

२) उम्लेको पानीमा डुबाउने – सन् १५०० तिर बेलायतमा उम्लेको पानी अथवा तातो पानीमा डुबाएर मृत्यु दण्ड दिने चलन थियो । खानामा विष मिसाएको आरोप लागेका व्यक्तिहरुलाई यस्तो सजाय दिइन्थ्यो । यो कानुन सन् १५७६ मा नै खारेज गरियो ।
३) मेसिनले जिउ काट्ने – फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ फ्रान्समा यस्तो सजाय सुनाइएको थियो । मानिसलाई काट्ने उक्त मेसिनको नाम गिलोटिन थियो । फ्रान्सेली रान्यक्रान्ति पछि फ्रान्सका धेरै मानिहरुलाई उक्त मेसिनले काटेर मारिएको थियो ।
४) ढुङ्गाले हानेर मार्ने – मध्यपूर्वका इरान तथा उत्तरी अफ्रिकाका देशहरुमा मृत्युदण्डको सजाय सुनाइएका मानिसहरुलाई ढुङ्गाले हानेर मार्ने चलन छ ।
५) करेन्ट लगाउने – विगतमा अमेरिकामा विजुलीको कुर्सीमा राखेर करेन्ट लगाइ मृत्यु दण्ड दिने चलन थियो । सन् १८८८ मा यो प्रथा सुरु भएकोमा विलियम क्याम्लरको हत्या गर्ने अभियुक्तलाई करेन्ट प्रवाहित भएको कुर्सीमा बसालेर मारिएको थियो ।
६) शुलीमा चढाउने – इशापूर्व ७१ मा रोमान साम्राज्यको विरुद्धमा आवाज उठाउने ६ हजार मानिसहरुलाई शूलीमा चढाएर मृत्युदण्ड दिइएको थियो । सन् २०१३ मा साउदी अरेबियामा समेत अपराधीलाई शूली चढाएर मारिएको थियो ।
७) जिउँदै जलाउने – बेलायतमा मध्यकालमा राजद्रोहका आरोपितलाई जिउँदै जलाएर मृत्युदण्ड दिइन्थ्यो । पृथ्वीले सूर्यलाई घुम्छ भन्ने सिद्धान्त अघि सारेका कारण सन् १६०० मा इटालीका वैज्ञानिक जिआर्डिनो ब्रुनोलाई जिउँदै जलाइएको थियो । अन्य धेरै बेलायतका प्रसिद्ध मानिसहरुलाई जिउँदै जलाएर मारिएको इतिहाँस छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्