केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाहमा दुलाहाको काम उसकी बहिनीले गर्ने अनौठो ठाउँ

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–३, संसारका सबै विवाहमा बेहुला र बेहुलीको उपस्थिति हुन्छ, तर भारतको गुजराँतको उदयपुर जिल्लामा बेहुला विना बेहुलाकी कुमारी बहिनीसँग बेहुलीको विवाह हुने गर्छ ।

उदयपुर जिल्लाका सुरखेडा, अबा तथा सनाडा गाउँमा बस्ने राठवा समुदायका मानिसहरुमा यस्तो प्रचलन सदियौँ देखि चलिआएको छ । याहाँ विवाहको समयमा बेहुला बेहुलीको घर नआइ आफ्नै घरमा बेहुलीको पर्खाइमा बस्छन्,  भने बेहुली लिन  बेहुलाकी बहिनी जन्ती लिएर जाने चलन छ । बेहुलाकी बहिनी बेहुला जस्तै गरी घोडा चढेर बेहुलीको घर पुग्छे र बेहुलाले गर्ने सम्पूर्ण कार्यहरु पनि उसैले गर्छे । बरमाला लगाउने तथा स्वयंवरको औँठी लगाउने सबै काम ती बेहुली र उनकी हुनेवाला नन्द विचमै हुन्छ । बेहुलाले गर्ने सम्पूर्ण विवाह कर्म सकेर बेहुलाकी बहिनीले भाउजु लिएर घर फर्किन्छे र कुरिरहेको दाईलाई भाउजु जिम्मा लगाउँछे ।

बेहुलाको घरमा फेरी दुलाहा र दुलही विचमा धुमधामका साथ विवाह हुन्छ । यस्तो चलन त्यस गाउँमा ३०० वर्ष देखि चलिआएको छ । त्यस गाउँमा देवता नै अविवाहित छन् भन्ने मान्यता छ, सोहि अनुसार देवतानै अविवाहित भएकाले त्यहाँका पुरुषहरु पनि अविवाहित बस्न नसकेपनि विवाहमा आफु जन्ति नजाने गरेका छन् ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्