केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले ९ महिनामा बेच्यो, ३ अर्बको अलैँची

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–३, चालु आर्थिक वर्षको नौ महिनामा नेपालले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको ४२ लाख १४ हजार केजी अलैंची निर्यात गरेको छ ।

अलैंचीको निर्यात अघिल्लो वर्षको तुलनामा २५.८ प्रतिशतले बढेको हो । अघिल्लो बर्ष ९ महिना भित्रमा नै नेपालले ३ अर्ब ८ करोड रुपैयाँ बराबरको २६ लाख केजी अलैंची बेचेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ।

नेपालबाट धेरैजसो अलैंची भारतमा निर्यात हुने गर्छ । तर भारतले नेपालबाट जाने अलैंचीमा प्रतिबन्ध लगाउन थालेपछि अलैंचीका किसानहरुमा समस्या देखिएको छ । अलैंची उत्पादन हुने नेपालका मुख्य मुख्य ठाउँहरु तेह्रथुम, इलाम लगायतका ठाउँहरुलाई भारतले अलैंची निर्यातमा प्रतिबन्ध लगाएपछि किसान मारमा पर्न थालेका छन् ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्