कुकुरले टोकेका विरामीको संख्या बढ्दो

सहयात्रा टिभी

महोत्तरी । जेठ–३, महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । दिनमा एक दुईजना मात्र कुकुरले टोकेका विरामी आउने जलेश्वर अस्पतालमा हाल दैनिक औषत एक दर्जन यस्ता विरामी आउन थालेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताए ।

उनका अनुसार तराईमा गर्मी बढेसँगै कुकुरहरुको मानसिक अवस्था विग्रने  कुकुरको सम्पर्कमा आउनेहरुलाई कुकुरले टोक्ने भएकाले हाल अस्पतालमा कुकुरले टोकेका विरामीको चाप बढेको हो । कुकुरले टोकेका विरामीहरुलाई रोगबाट बचाउन प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइ आवश्यकता अनुसार उपचार गराइ रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्