पार्टी एकताको खुसियालीमा दीप प्रज्वलन

काठमाण्डौँ । जेठ–४, नेकपा एमाले र माओवादीको पार्टी एकीकरण भएको खुसियालीमा देशका विभिन्न भागमा दिपावली मनाउदै छन । २५औ मदन आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाएका हुन ।

देश कै इतिहासमा ठुलो पार्टीका रुपमा आएको र अब देशमा समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने अवसर भएको भन्दै विभिन्न ठाउमा पार्टी एकीकरणको अवसरमा दीप प्रज्वलन गरि मनाएका छन ।