हैदराबादलाई हराउँदै बैंगलोर पाँचौ स्थानमा, प्लेअफ नजिक

सहयात्रा टिभी

एजेन्सी । जेठ–४, आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। बिहिबारको खेलमा हैदरावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको हो ।

यो महत्वपूर्ण खेलको जितसँगै बैंगलोरको प्लेअफको सम्भावना पनि बढेको छ । २१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले ६२ रन बनाए । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे पनि त्यो जितका लागी पर्याप्त रहेन।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो। उसकाका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरेका थिए। ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे। कोलिन डी ग्रान्डहोमेले ४० तथा सरफराज खानले अविजित २२ रन जोडेका थिए। हैदराबादका रासिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्