केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिक्षकको कुटपिटबाट एक विधार्थी घाईते

सहयात्रा टिभी

डडेल्धुरा । जेठ–४, डडेलधुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकबाट गृहकार्य नगरेको भन्दै एक विद्यार्थीलाई कुटपिट गरिएको छ ।

कक्षामा ६ मा अध्यन्रत राम कामीमाथि गणित विषयका शिक्षक गजेन्द्र अवास्थीले निर्घात कुटपिट गरेका हुन । कुटपिटबाट १२ वर्षिय रामको टाउकोमा गम्भीर चोट लागेको छ ।

चोटपटक लागेका रामको उपचार विधालयको नजिकै स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिएका छन ।

गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्