सभामुखले बोलाए शीर्ष नेताको बैठक
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–४, विहान १० बजे कृष्ण बहादुर महराले संसद प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन । बुधबार पनि सभामुखले तीन शीर्ष नेतालाई बोलाएर परामर्श गरेका थिए ।
महराले संघिय संसदको नियमावली विवादमा छलफल गर्न प्रतिनिधित्वहरुलाइ बोलाएका हुन ।
बुधबार कांग्रेसले अवरोधको चेतावनी दिएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।
कांग्रेस सांसद् निलम्बनको विपक्षमा रहेको छ । सत्तारुढ घटक एमाले र माओवादी नेकपा निलम्बनको पक्षमा छन । एमालेका तीन सांसद्ले मुल प्रतिवेदनमा संशोधन दर्ता गरेका छन्।