केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानले विपद व्यवस्थापनका लागी नेपाललाई ६८ करोड सहयोग गर्ने

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–४, जापानले विपद व्यवस्थापनका लागी नेपाललाई ६८ करोड ३२ लाख रुपैँया अनुदान दिने भएको छ । नेपालका लागी जापानी राजदुत मराशी ओगावा र अर्थसचिव राजन खनालले नेपालको विपद व्यवस्थापनका लागी जापानी सरकारले ६८ करोड ३२ लाख अनुदान सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरिएको समझदारी पत्रमा अनुदान रकम भुकम्पपछिको पुननिर्माण, बाढि, पहिरो जस्ता विपद व्यवस्थापनका लागी खर्च गरिने उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपालका लागी जापानी राजदुत मराशी ओगावाले नेपालको विपद व्यवस्थापनका लागी जापानी सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरि अर्थसचिव राजन खनालले पनि कार्यक्रममा बोल्दै जापानले नेपालको आर्थिक तथा सामाजिक विकासका लागी आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको कुरा स्मरण गराए ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्