केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सडक मर्मतमा ढिलाइ गर्ने ठेकदार पक्राउ

सहयात्रा टिभी

पोखरा । जेठ–४, गृहमन्त्रलयको निर्दशनमा सडक मर्मत गर्न ढिलो गर्ने ठेकदारलाई प्रहरीले पक्राउ गर्न थालेको छ । आर्थिक वर्ष ०७३ र ७४ को असारभित्रै सक्ने गरी सम्झौता भएको थियो ।

समयमा नसकिएको कारण गत आर्थिक वर्षको चैत्र सम्मको लागि थप सम्मझौता गरेपनि समयमै सक्नु पर्ने काम ५० प्रतिशत मात्र सकिएको छ । सडक निर्माणमा ढिलाई गरेपछि धु्लो उडने र खाल्टखुल्टि भएर दुर्घटना बढदै गएको भन्दै स्थानियले विरोध गरेका थिए ।

पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेत पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको हो ।   मुख्य राजमार्गकै लामो समयदेखि सडक निमार्णमा ढिलाई भएर स्थानियले विरोध गर्न थालेपछि ठेकेदारलाई बोलाएर बुझेको र मेसिन नभएको जवाफ दिएको सडक डिभिजन कार्यालय पोखरा प्रमुख केसीले बताए ।

बिटुमिन प्रयोग गर्ने मेसिन नभएको भन्दै काममा ढिलाई गरेको सडक ढिभिजन कार्यालय पोखराका प्रमुख प्रेम खत्रीले बताए । समयमै सक्नुपर्ने काम मेसिन नभएको भन्दै ढिलाई गरेपछि गृहमन्त्रालयकै आदेशमा निर्माण व्यवसायी पोखरा २८ का सुरेन्द्रलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्