केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायती राजकुमार ह्यारी र मेगन मार्कल विवाह बन्धनमा बाँधिए

सहयात्रा टिभी

एजेन्सी । जेठ–६, संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिवार सम्पन्न भएको छ । ३३ वर्षिया राजकुमार ह्यारी र ३६ वर्षिया मेगन मार्कल औँठि साटासाट गरेर विवाह बन्धनमा बाँधिएका हुन् ।

राजकुमार ह्यारी र  मार्कल सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए।राजगद्दीको उत्तराधिकारीको पाँचौं रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखापरेका थिए ।

आफ्नी आमासहित विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा हात डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विलियमसँग पुगेका थिए ।

ह्यारी बेलायतकी गद्दिशिन महारानी एलिजावेद दृतियका नाती हुन् भने मार्कल अमेरिकी अभिनेत्री हुन।

विवाह वन्धनमा बाँधिएसँगै ह्यारी ‘डुक अफ सुसेक्स’, ‘अर्ल अफ दम्बरटन एण्ड किलकेल’ भएका छन् भने मार्कल ‘डचेस अफ सुसेक्स’ भएकी छन्।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्