केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्लाकोे ताँजकोट गाउँपालिकामा वडासचिव पक्राउ

सहयात्रा टिभी

हुम्ला। जेठ–६, हुम्लाको तांजकोट गाउपालिकाको वडासचिवलाई प्रहरीले पक्राउ गरेको छ । ताँजकोट गाउँपालिकाअन्तर्गत साविकको मैला र मदना गाविसमा सचिव रहँदा आर्थिक अनियमितता गरेको आरोपमा गोपालचन्द्र लामालाई जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम सिमकोटमा पक्राउ रेको हो ।

लामालाई छानविनको लागि काठमाण्डौँ पठाइएको जिल्ला प्रहरी कार्यलयले बताएको छ । उनलाई विभिन्न आर्थिक अनियमितता गरेको आरोपमा उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामालाई छानविनको लागि बोलाउदा सम्पर्कमा नआएपछि प्रहरी लगाई समातिएको अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लामाले साविकको मैला र मदना गाविसमा कार्यरत रहँदा सामाजिक सुरक्षा भत्ता बापतको एक करोड ४९ लाखा रुपैयाँ हिनामिना गरेको ताँजकोट गाउँपालिका अध्यक्ष वागदल छत्यालले बताएका छन ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्