चालु आर्थिक वर्षको नौ महिनाभित्र २३ अर्बको सुन आयात

काठमाण्डौं । जेठ–६, चालु आर्थिक वर्षको नौ महिनाभित्रमा नेपालमा २३ अर्ब ५ करोड २१ लाख मुल्य बराबरको सुन आयात गरिएको छ ।
प्रत्येक वर्ष नेपालमा सुनको माग बढेसँगै आयतमा पनि बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७२–२०७३ को नौ महिनाभित्रमा १९ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो। व्यापार तथा निकासी प्रवर्धन बोर्डका अनुसार गत वर्षको तुलनामा सुनको आयात १९.७ प्रतिशतले बढेको छ ।
नेपालमा सबैभन्दा बढि सुनको आयात युएईबाट हुने व्यापार तथा निकासी प्रवर्धन बोर्डको अनुमान रहेको छ । नेपालमा कुन कुन देशबाट कति कति सुन आयात हुन्छ भन्ने तथ्याङ्क भने खुलाइएको छैन ।