केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दील्लीको अन्तिम खेल मुम्बईविरुद्ध खेल्दै सन्दिप लामिछाने

सहयात्रा टिभी

एजेन्सी । जेठ–६, दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सको अन्तिम खेल केहि बेरमै सुरु हुँदैछ ।

दिल्लीको टिमका अवेश खानको स्थानमा लिम प्लंकेट आएका छन् भने अन्य सदस्य परिर्वतन भएका छैनन् । आज हुने खेलमा सन्दीपले बलिङ गर्ने भएका छन् । उनले बैंगलोर र चेन्नइमाथी बलीङ गरिसकेका छन् ।

आज खेले पश्चात सन्दीपको आइपीएलमा यो तेस्रो खेल हुनेछ । सन्दीप लामिछानेले १२ “मे” मा भएको खेलमा दील्लीको फिचोज शाह कोटलामा रोयल च्यालेंजर्स बैंगलोरको विपक्षमा खेल्दा  ४ ओभरमा जम्मा २५ रन खर्च गर्दे एक विकेट लिएका थिए, भने चेन्नइ विरुद्ध खेल्दा पनि सन्दीपले १ विकेट लिएका थिए ।

आजको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ किनभने दील्लीले आफ्नो उत्किृष्ट खेल देखाउनु छ भने प्ले अफमा स्थान बनाउन मुम्बईलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्