केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरी जिल्लामा आँप उत्पादनमा वृद्धि

सहयात्रा टिभी

राजविराज । जेठ–६, सप्तरी जिल्लामा यस वर्षको आप खेति उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । जिल्लामा ७ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको भए पनि यस पाली ५ हजार हेक्टरमा आँप धेरै फलेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी दिनेशप्रसाद यादवले बताएका छन ।

हावाहुरी र असिनापानीले एक सात अघाडि ७ करोड ३६ लाख मुल्य बराबरको क्षति पु¥याएको सप्तरीका प्रमुख भागीरथ यादवले बताए । उत्पादित आँप स्थानीय बजारका साथै काठमाण्डौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म खपत हुने गरेको किसानहरुले बताएको छ । सप्तरी जिल्लामा यस वर्ष १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिएको छ ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्