केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक महिलाले आफ्नो सम्पत्ति बाँदरको नाममा गरिदिएपछि

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–७, भारतको उत्तरप्रदेशस्थित रायबरेली जिल्लामा बस्ने सबिस्ता नामकी एक महिलाले आफ्नो सारा सम्पत्ति बाँदरको नाममा गरिदिएकी छिन् । आफैँले १३ वर्षदेखि पाल्दै आएको बाँदरलाई सन्तान सम्झेर उनले सम्पत्ति उसकै नाममा गरिदिएकी हुन् ।

बाँदर घरमा ल्याएदेखि घरमा धेरै कुरा परिवर्तन भएको सबिस्ताको भनाइ छ । प्रेम विवाहमा असफल भएकी उनका कुनै सन्तान छैनन् । उनले सन्तानलाई जस्तै माया गरी उक्त बाँदरलाई पालेकी थिइन । उनले पालेको बाँदरको नाम चुनमुन राखिदिएकी थिइन् ।

तर उनको चुनमनको गत वर्ष मृत्यु भएपछि भने सबिस्तालाई निकै गाह्रो भयो । मुस्लिम धर्म मान्ने सबिस्ताले चुनमुनको सम्झनामा गत मंगलबार घरमा मन्दिर बनाइ त्यसमा राम लक्ष्मण तथा बाँदरको मूर्ति बनाएकी छिन् ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्