केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अस्पतालमा भर्ना

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अस्वस्थ कारण अन्तर्राष्ट्रिय ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षिय घिमिरेलाई १५ दिन अघि देखि स्वास्थ्यमा खराव भएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा उपाचारको लागि भर्ना गरिएको हो ।

राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका उनको छोरा इन्डिबर घिमिरेले बताएका छन । उनले दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको बताए ।

जति उपाचार गरेपनि उनको दिशामा रगत आउन नरोकिएका कारण इन्डोस्कोपी र कोलोनोस्कोपी गर्दा केही देखिएन त्यसैले रोग पत्ता लगाउनका लागि विदेश नै जानुपर्ने चिकित्सकहरुसँग सल्लाह भएको छोरा इन्डिबर घिमिरेले बताएका छन ।

अस्पतालका संचार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले राष्ट्रकविलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिरहेको बताएका छन । घिमिरेका लागि २४ घन्टा एकजना चिकित्सक र नर्सलाई रेखदेख गर्न खटाएको पनि उनले जानकारी दिए ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्