केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति घोषणा

सहयात्रा टिभी

एजेन्सी । जेठ–७, अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीहरुको लागी छात्रवृत्ति घोषणा गरेको छ ।

उक्त विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

आगामी नोभेम्बर र जनवरीमा प्रारम्भ हुने नयाँ शैक्षिक सत्रबारे जानकारी दिन विश्वविद्यालयले पत्रकार सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा बोल्दै उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताए ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्