केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोरा फेल हुँदा बुवाले दिए पार्टि

सहयात्रा टिभी

एजेन्सी । जेठ–७, भारतको मध्यप्रदेशको सागर नामको एक गाउँमा एक बुवाले छोरा १० कक्षामा फेल हुँदा भव्य पार्टि गरेका छन् । छोरा फेल भएपछि उ हतोत्साहित नहोस भन्ने उद्देश्यले आफन्त, साथिभाई र गाउँबासिहरुलाई समेत बोलाएर सागर गाउँका सुरेन्द्र कुमार व्यासले पार्टिको आयोजना गरेका हुन् ।

सिभिल कन्ट्रयाक्टर सुरेन्द्र कुमार व्यासले छोरा फेल हुँदा समेत मिठाइ, विभिन्न परिकारका भोजनका साथै पटेकाले पुरै गाउँ गुञ्जयमान बनाएका थिए ।

उनको यस्तो हर्कत देखेर सबै छिमेकी लगायत आफ्ना आफन्तहरु समेत आश्चर्यमा परेका थिए । विद्यार्थीहरु परीक्षामा फेल भएपछि निरास हुने र आत्महत्या गर्ने काम समेत गर्छन । फेल भएपछि पनि निरास नभएर अर्को पटक राम्रो गर्न सकुन भन्ने उद्देश्यले छोरालाई प्रोत्साहन गर्न उक्त पार्टिको आयोजना गरेको व्यासले बताए ।

उनी भन्छन परीक्षामा फेल हुनु केवल वोर्ड परीक्षामा फेल हुनु हो जिन्दगीको अन्तिम परीक्षामा फेल हुनु होइन । त्यसैले उनी यस पटक फेल भएपनि अर्को पटकको परीक्षामा छोराले राम्रो गर्नेमा आशावादी छन् । छोरा आशु पनि आफ्नो बुवाको यस पार्टि सम्बन्धि निर्णयमा अत्यन्तै खुुसी छन् र अबको परीक्षामा राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्