एमेरी बन्ने भए आर्सनलको प्रशिक्षक

एजेन्सी । जेठ–८, इंग्लिस क्लब आर्सनलको प्रशिक्षक उनाई एमेरी बन्ने भएका छन् ।
म्यानचेष्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटा समेत दाबेदार रहेको यो पद अब एमेरीले सम्हाल्ने भएका हुन् ।
दुई सिजन फ्रान्सेली क्लब सम्हाल्नु अघि सेभिल्लाको प्रशिक्षक भएका एमेरीले अब आर्सेन वेंगरको स्थान लिनेछन् । ४६ वर्षीय एमेरीले सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाडेका हुन् । उनले गत सिजन पीएसजीलाई खेलाडीमाथि धेरै रकम खन्याउन समेत लगाएका थिए ।