देशमा विकास र समृद्धिको यात्रा अघि बढने : प्रचण्ड
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाण्डौँ । जेठ–८, नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नीति तथा कार्यक्रमबाट देशमा विकास र समृद्धि यात्रा अगाडी बढेकोे बताएका छन ।
उनले सोमबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै मुलुकमा विकास र समृद्धिको बाटो सुनिश्चित गरेको बताएको हो । अध्यक्ष प्रचण्डले सरकारको निति कार्यक्रममा संघीयतालाई सुदृढ बनाउने विषयलाई स्पष्ट समेत गरेका छन ।
उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो जानकारी दिएका हुन । प्रचण्डले अब देशमा विकास र समृद्धिको यात्रा अघि बढने दावी गरेका छन । कार्यक्रममा उनले बजेट आउने र त्यसले जनताको भावनालाई सम्बोधन गर्ने विश्वास पनि गरेका छन ।