केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतका विद्यालयहरुमा सुइवाला घडि हटाउन थालियो

सहयात्रा टिभी

एजेन्सी । जेठ–८, डिजिटल प्रविधिको तिव्र विकास हुँदै गर्दा बेलायतमा विद्यार्थीहरु समय हेर्न समेत डिजिटल प्रविधिको प्रयोग गर्छन, फलस्वरुप विद्यार्थीहरु सुइवाला घडि हेर्न जान्दैनन् ।

अध्ययनले प्रयोग गर्ने डिजिटल उपकरणमा डिजिटल घडि मात्र प्रयोग हुने भएकाले युवाहरुले समेत सुइवाला घडि सहि तरिकाले बुझ्न छाडेका छन् ।

नयाँ पुस्ताको जीवनमा मोबाइल, ट्याबलेट र कम्प्युटरले बढी भूमिका खेल्न थालेकाले उनीहरुलाई डिजिटल ढाँचामा घडी हेर्ने बानी परिसकेको एसोसियसन अफ स्कुल एण्ड कलेज लिडरका उपमहासचिव मालकोम ट्रोवले बताए ।

परीक्षा हलमा राखिएका सुइवाला घडिले विद्यार्थीहरुमा अलमलको वातावरण बनाएकाले हाल बेलायतका धेरै विद्यालय र परीक्षा हलबाट समेत सुइवाला घडि हटाउन थालिएको छ ।

कक्षा नौं, दश र एघारका विद्यार्थीहरुले सुईवाला घडी नबुझेको देखिएपछि हाल स्कुलको परीक्षा हलमा डिजिटल घडी राखिएको उत्तर–पश्चिम लण्डनको रुइस्लीप हाई स्कुलकी अङ्ग्रेजी विषयकी प्रमुख स्टेफ्नी कीनोनले आफ्नो अनुभव बताइन ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्