विराटनगरको फिल्ड अफिस हटाउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको घोषणा

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–८, विराटनगरस्थित भारतले स्थापना गरेको दुतावासको फिल्ड अफिस भारतले हटाउने भएको छ । भारतीय विदेश मन्त्रीका अनुसार वैशाख २८ गने नेपाल आएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले फिल्ड अफिस हटाउने निर्णय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

०६५ भदौमा कोशीमा बाढी आएको केही समयपछि विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले फिल्ड अफिस खडा गरेको थियो।

उक्त फिल्ड अफिसको प्रयोजन समाप्त भएको र त्यहाँका सुरक्षाकर्मीहरुलाई समेत स्थानान्तरण गरिसकेको भारतीय विदेश मन्त्रीले जानकारी दिए ।

भारतले खडा गरेको उक्त फिल्ड अफिस हटाउन नेपाल सरकारले यस अघि पनि पटक पटक पहल गरेको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला दुतावासलाई कार्यालय हटाउन पत्राचार भए पनि दुतावासले अटेर गर्दै आएको थियो ।

जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समय सकिएपछि र पटक पटक कार्यालय बन्द गर्न आग्रह गरेपछि बन्द गर्नु पर्ने भएपनि हाल सम्म चलिरहेको फिल्ड अफिस अब भने छिट्टै हट्ने बताए ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्