केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सुरु

काठमाण्डौं । जेठ–८, केरुङ देखि काठमाण्डौं सम्म बन्न लागेको रेलमार्गको सम्भाव्यता अध्ययन कार्य सुरु भएको छ ।
सोमबारबाट प्राविधिक चिनियाँ टोली नेपालमा रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययनमा लागेको हो ।उक्त अध्ययनको प्रतिवेदन भदौ १५ सम्ममा निकाल्ने उद्देश्य राखिएको छ ।
सोमबार काठमाडौंका विभिन्न स्थानमा पुगेर चिनियाँ प्राविधिकको टोलीले स्टेशनहरुबारे अध्ययन गरेको छ ।
सुरुमा आउने प्रतिवेदनले केरुङ–काठमाडौं रेलमार्ग बनाउन कसरी काम सुरु गर्ने भन्ने मार्गनिर्देश गर्ने र यसले भौगोलिक कठिनाइहरु पनि पत्ता लगाउनेछ भने सम्भावित स्टेशनहरु पनि खोज्ने रेल विभागका एक अधिकारीले बताए । यस अध्ययनको सम्पूर्ण खर्च चिनले नै व्यहाेरेकाे छ ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उल्लेख गरेको छ ।