६ वर्षका अयुव फिल्ममा डेव्यु गर्दै
सहयात्रा टिभी
काठमाण्डौं । जेठ–८, ३ कक्षामा पढ्ने ६ वर्षका अयुव सेनले अब चाँडै फिल्ममा डेव्यु गर्ने भएका छन् ।
आमा छोराको सम्बन्धमा बन्न लागेको बाबु सन्तोष सेनको नयाँ फिल्ममा अयुवले डेव्यु गर्ने भएका हुन् ।
उनी अभिनय सिक्नका लागी प्रत्येक दिन मण्डला थिएटर धाउँछन्।उनी अहिले प्रदीप कुमार चौधरीसँग अभिनय सिक्दैछन्।
नाच्नमा अत्यन्तै सिपालु अयुवलाई फिल्ममा डेव्यु गराउन उनका बाबु सन्तोष निकै उत्साहित छन् । अयुवले डेव्यु गर्ने फिल्मको नाम भने निर्माण टिमले खुलाएका छैनन् । चाँडै नै पत्रकार सम्मेलन गरेर फिल्मका सम्पूर्ण टिमलाई परिचित गराउने निर्माता सन्तोषले जनाए ।