केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सगरमाथा आरोहण गरी फर्कने क्रममा एक जनाको मृत्यु

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–८,सगरमाथा आरोहण गरी फर्कने क्रममा एक जनाको  मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ का ३६ वर्षीय डोमा सार्की शेर्पाको  सगरमाथा आरोहण गरेर फर्कदै गर्दा मृत्यु भएको हो ।

उनको गएराती मृत्यु भएको सोलुखम्बुको प्रहरीले जानकारी दिएको छ । शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएकी थिइन ।

उनी शिविर २ को खुम्बु आइसफलमा लडेर घाइते भएकी थिइन । शेर्पालाई उपचारका लागि खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित माउण्टेन मेडिकलमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्