केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन तस्करीको सबै जालो भत्कियो:गृहमन्त्री थापा

सहयात्रा टिभी

सुर्खेत । जेठ–८,मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन भएको छ । सम्मेलनमा पत्रकारसग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी गर्ने सबै जालो तोडने बताएका छन ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा संयन्त्रको भेलामा सहभागी हुन आएका मन्त्री थापाले देशको विकास र शान्ती सुरक्षा कायम गर्न तत्पर रहेको बताएका छन ।

उनले ३३ के. जी सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ पर्नु भनेको ठुलो उपलब्धी भएको बताए ।

मन्त्री थापाले अब तस्करीको सबै जालो सकिदै जाने दाबी गरेका छन । उनले देशमा सामाजिक विकृति तथा  चोरी तस्करी सिन्डिकेट जस्ता अपराध जन्य कार्यलाई अन्त्य गर्न प्रतिवद्धता गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै उनले सबै खाले सिन्डिकेट हटाउन सरकारले काम गरिरहेको बताएका छन

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्