केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इरान माथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

सहयात्रा टिभी

एजेन्सी । जेठ–८, अमेरिकाले इरानमाथि हालसम्मकै कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकी कदमको कडा शब्दमा आलोचना गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि भन्दै विभिन्न १२ शर्तहरु सार्वजनिक गर्दै त्यसको पालना गर्नु पर्ने बताएका छन् ।

शर्तमा सीरियाबाट आफ्ना फौज फिर्ता बोलाउनेदखि यमनमा विद्रोहीलाई समर्थन नगर्ने, अन्तराष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई आफ्नो पूर्वन्युक्लियर मिलिट्री प्रोग्रामको पूरै जानकारी दिनुपर्ने र परमाणुसम्बन्धी कामलाई सधैंको लागि बन्द गर्नुपर्ने सम्म रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरि छिमेकी देशप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने र झूठा आरोपमा पक्राउ परेका, इरानमा हराएका अमेरिकी र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नुपर्ने शर्तहरु पनि अमेरिकाले राखेको छ ।

इरानप्रतिको नयाँ नीतिबारे जानकारी गराउँदै विदेशमन्त्री पोम्पियोले शर्तहरु पालना गर्न सुरु गरेको देखिए मात्रै इरानलाई केही राहत मिल्ने उल्लेख गरे । अन्यथा आफ्नो अर्थ व्यवस्थालाई बचाउनका लागि इरानले कठिन संघर्ष गर्नुपर्ने उनको चेतावनी छ ।

यसै महिनाको शुरुआतमै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्