केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्यान मुद्दाका कारण फरार भएका प्रतिवादी पक्राउ

सहयात्रा टिभी

कास्की । जेठ–८ कास्कीमा २० वर्षपछि ज्यान मारेर फरार भएका ठकुरी माहिलो भन्ने मन बहादुर शाही पक्राउ परेका छन । ३८ वर्षीय शाहीलाई कास्की प्रहरीले प्रतिवादी झन्डै २० वर्ष भएपछि पक्राउ गरेको हो ।

उनले २०५६ साल असोज महिनामा कास्की जिल्लाको माझटीमा बस्ने अमिर बहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेका थिए ।

सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेकोहो ।

सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला गरी सकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्