कराँतेको बन्द प्रशिक्षण पोखरामा सुरु

सहयात्रा टिभी

पोखरा । जेठ–९, कराँतेको बन्द प्रशिक्षण (क्लोज क्याम्प) पोखरामा सुरु भएको छ । आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म इन्डोनेसियामा हुने एसियन गेमको तयारीका लागी बन्द प्रशिक्षण सुरु भएको हो । दश जना रहेको उक्त बन्द प्रशिक्षणको टोलीमा दुइ जना बाहिरबाट आएका प्रशिक्षक छन् भने टोलीको एक जना ६७ केजी तौल समूहका नवीन रसाइली भने जापानमा भएकाले केहि दिन पछि मात्र प्रशिक्षणमा सहभागी हुनेछन् ।

बन्द प्रशिक्षणमा महिलातर्फ ५० केजी तौल समूहमा अनु अधिकारी, ६१ केजी तौल समूहमा सुनिता महर्जन, ६८ केजी तौल समूहमा रिता कार्की र एकल काँताकी चञ्चला कार्की छन् ।

त्यसैगरी पुरुषतर्फ ५५ केजी तौल समूहका सोनाम लामा, ६७ केजी तौल समूहका नवीन रसाइली, ८४ केजी तौल समूहका दिवस श्रेष्ठ, पुरुष एकल काँतातर्फ पर्शुराम बास्तोला रहेका छन् ।

खेलाडीहरुलाई प्रशिक्षक हिरासिंह डंगोलले काता र दीपक श्रेष्ठले कुमुदी प्रशिक्षण गराइरहेका छन् । खेलाडीहरुलाई पोखरामा केहि दिन प्रशिक्षण दिएर बाहिर लगीने छ तर कुन देश लाने भन्ने निश्चित भइसकेको छैन् ।

खेलाडीहरुलाई नेपालमा भन्दा बाहिर लगेर बढि समय प्रशिक्षण दिन सके नतिजा राम्रो हुने प्रशिक्षक डंगोल र श्रेष्ठको भनाइ छ । सोहि अनुसार खेलाडीहरुलाई प्रशिक्षणको लागी जापान अथवा युरोपियन देश लगीने तयारी भइरहेको छ तर कुन देश लाने भन्ने निश्चित नभएको प्रशिक्षक द्वय बताउँछन् ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्