केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी राष्ट्रपति ट्रप्प र उत्तर कोरियाली नेता किमविचको शिखर सम्मेलन सर्ने आशंका

सहयात्रा टिभी

एजेन्सी । जेठ–९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनबीच आगामी जून १२ तारिखमा हुने भनिएको शिखर वार्ता निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन बीच अप्रिलमा भएको भेटघाट पछि हुने भनिएको उक्त बैठक हुनेमा आशंका उत्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले उत्तर कोरियाले निश्चित सर्तहरु पुरा नगरे शिखर सम्मेलन सर्ने पत्रकारलाई जानकारी गराएका छन् । उक्त शिखर सम्मेलनको तयारीका लागी दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन भने ह्वाइट हाउस पुगेका छन् ।

मुनको स्वागत गर्ने क्रममा ट्रम्पले सो जानकारी गराएका हुन् । उता उत्तर कोरियाले पनि अमेरिकाले एकपक्षीय ढङ्गले निःशस्त्रीकरणमा जोड दिए सम्मेलनमा नबस्ने चेतावनी दिएको छ ।

दुवै पक्षको यो शित युद्धले आउँदो जुन १२ तारिखमा हुने भनिएको शिखर सम्मेलन सर्ने आशंका बढेको हो ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्