चार पत्रकार महिलाद्वारा सगरमाथा आरोहण सफल
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–९, आज बिहान चार जना प्रथम पत्रकार महिलाहरुले सगरमाथा आरोहण गरेका छन । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको हो ।
उनीहरु आज बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन । समानताका लागि बुलन्द आवाज भन्ने मूलनाराकासाथ महिलाहरुको पत्रकार समूह सगरमाथा आरोहणमा गएको हो ।
उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुगेर फरफराएका छन । सगरमाथा आरोहणमा पाच जना मध्ये चार जना पत्रकार महिला सफल भएका छन । पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक आरोहण गर्नेमा रोजिता बुद्धाचार्य , रोशा बस्नेत , देउराली चाम्लिङ , कल्पना महर्जन पत्रकारहरु रहेका छन ।