केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उल्टो घडि चल्ने गाउँ

सहयात्रा टिभी

एजेन्सी । जेठ–९, हाम्रो छिमेकी मुलुक भारतमा एक त्यस्तो गाउँ पनि छ जहाँ उल्टो घडि चलाइन्छ । भारतको छत्तिसगढको कोरबास्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोँड आदिवासी समुदायले प्रयोग गर्ने घडी दायाँबाट बायाँतर्फ चल्ने गर्दछ ।

१० हजार भन्दा धेरै परिवार रहेको त्यस समुदायमा घडिको प्रचलन सुरु भएदेखि नै घडि उल्टो चलाइन्छ । १० हजार भन्दा धेरै परिवार रहेको त्यस समुदायका अनुसार उनीहरुको घडि सुल्टो र अन्य दुनियाभरमा चलाइने घडि चाँहि उल्टो हो ।

यो गाउँका गाउँलेहरुका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ । पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्